फुटबलर अञ्जन बिष्ट र भलिबलकी अरुणा शाहीलाई वर्ष खेलाडी अवार्ड
काठमाडौं । फुटबलर अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी अवार्ड जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एन्एसजेएफ) ले मंगलबार आयोजना गरेकोे ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ मा पुरुषतर्फ अन्जन र महिलामा अरुणा वर्ष खेलाडी घोषित भएका हुन् । अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका...