April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, नेपालीलाई के फाइदा ?

1.6K

काठमाडौं। सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो ।

अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने व्यवस्था गरिएको छ ।

यो नयाँ व्यवस्था लागू भएपछि वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ ।

Advertisement

विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताइएको छ । मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने छैन ।

अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ । यसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालको खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिए ।