November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हाम्रा बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याउन छाडिएको छैन : ओली

२०७९ फाल्गुन ३०

1.3K

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको स्थितिमा केही परिवर्तन आएको भए पनि पर्याप्त नभएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) ले मंगलबार काठमाडौंमा आयोजना गरेको मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानव अधिकारलाई पर्याप्त पुर्‍याउने पथमा अघि बढ्न आवश्यक रहेको बताए ।

ओलीले नेपालको मानवअधिकारको इतिहास निक्कै लामो भएको बताए । देश र जनताको लागि धेरै मानिसले ज्यान दिएका उनले सुनाए । मानवअधिकार आयोगका सदस्यलाई समेत थ्रेट आउने देशमा अन्य अधिकारकर्मीको अवस्था के होला ? भन्दै उनले प्रश्न गरे । अहिले पनि हाम्रा बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याउन नछाडिएको उनले बताए ।

Advertisement

माओवादीले द्वन्द्वको बेलामा मान्छे मारेको कुरा गर्दा हाम्रा विरुद्ध बोल्ने भन्दै धम्क्याउने गरिएको ओलीले बताए । ‘नेपालको राजनीतिको एउटा पक्ष यस्तो छ कि, आफ्नो अनुकूल भएन भने मानवअधिकार आयोगलाई पनि धम्की दिन्छ’, ओलीले भने ।