काठमाडौं । राजावादीहरुको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका सविन महर्जनले पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तीनकुनेमा भएको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर कीर्तिपुरका सविनको क्रममा मृत्यु भएको थियो । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय महर्जनलाई प्रहरीको गोली लागेसँगै उपचारका लागि टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ ।
तीनकुने घटनामा समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकले समेत ज्यान गुमाएका थिए । उनको भने अझै पोस्टमार्टम भएको छैन ।