April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

उपचुनावको विषयमा छलफल गर्न जसपाको बैठक बस्दै

1.5K

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को बैठक बस्दैछ । बैशाख १० गते हुने उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक बस्ने भएको हो ।

आज दिउँसो १ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने बैठकमा उपचुनाव, सरकारमा मन्त्री पठाउने, विधान अधिवेशन लगायतका विषयमा छलफल हुने छ ।

बैशाख १० गते चितवन, तनहुँ र बारा जिल्लाको तीनवटा क्षेत्रमा हुन लागेको उपचुनावमा पार्टीले के गर्ने त्यसको बारेमा पनि छलफल गर्ने जनाइएको छ ।

Advertisement

उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।