काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ।
जसपाले समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो। जसपाकी ६२ वर्षीया शहनाज रहमानको हृदयाघातबाट निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ।
झापा घर भएकी रहमान गत मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्।
मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहेकी मञ्जु अन्सारीलाई जसपालाई सांसद बनाउने तयारी गरेको छ।