काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा दिउँसो ३ बजे बस्न लागेको हो ।
उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपाको बैठक बस्न लागेको हो । सत्ता गठबन्धनमा भागबण्डा गर्दा राष्ट्रपति उम्मेदवार नेपाली काँग्रेसले र उपराष्ट्रपति उम्मेदवार जसपाले पाउने सहमति भएको थियो । राष्ट्रपति पदको निर्वाचन आज र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुने छ ।
राष्ट्रपति पदका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।