काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले
सर्वदलीय बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि बोलएको पहिलो सर्वदलीय बैठकलाई जसपाले बहिस्कार गरेको हो ।
जसपाले प्रधानमन्त्री प्रचण्डले गरेको मन्त्रिमण्डल बिस्तारप्रति असहमति राखेको थियो ।
प्रधानमन्त्री प्रचण्डले आज आफूलाई विश्वासको मत दिने दलहरुलाई बोलाएर धन्यवाद ज्ञापन गर्नेछन् भने सभामुख र राष्ट्रपतिको निर्वाचनलगायतका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे दलहरुको राय बुझ्नेछन्।