April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

एमालेसँगको सहकार्य सकिएको छ : उपेन्द्र यादव

2.7K

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् ।

‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’, यादवले भने ।

यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताए ।

Advertisement

४ मंसिरको चुनावमा एमालेसँग तालमेल गरेका यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।