काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
आगामी ५ गतेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बिहान १०ः३० म बस्ने बैठकले सत्तासमकिरणबारे औपचारिक निर्णय गर्ने एक नेताले बताए।
बैठकले एकीकरणपछि बाँकी रहेका संगठन समायोजन सम्बन्धी निर्णयसमेत गर्ने बताइएको छ। सबै पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्य उपस्थित हुनेछन्।