काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
सिफारिस सूचीको पहिलो नम्बरमा भुपेन्द्र बहादुर खत्रीसहित सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
प्रहरी प्रधान कार्यालयमा गृहमन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस गरेको हो ।
बढुवा समितिमा आईजीपी सदस्य र मानवश्रोत विकाश विभागका एआईजी सदस्य हुन्छन् ।