October 27, 2025, Monday
२०८२ कार्तिक १०
1:37:26 pm

नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा

745

काठमाडौं । नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

राठौर प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा थिए । त्यसैगरी चतुरवेदी मधेश प्रहरी कार्यालय, जनकपुरधाम, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल तथा विक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा कार्यरत रहेका थिए ।

Advertisement