November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

महाराजगञ्जका प्रहरी जवान थापाको हत्या गर्नेविरुद्ध मुद्दा दर्ता

665

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जेन–जी आन्दोलनको क्रममा भएको हत्या घटनामा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङलाई प्रतिवादी बनाइएको छ ।

जेन–जी आन्दोलनको क्रममा आफ्नो भतिजाको हत्या गरेको भन्दै काका इश्वर सिंह थापाले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । थापालाई कुटिकुटी मारिएको थियो ।

Advertisement

उनीहरुविरुद्ध ज्यान मार्ने कसुर र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरिएको छ ।