काठमाडौं । साहित्यकार वेदकुमारी न्यौपानेको कथाकृति ‘अलग’ र उपन्यासहरू ‘बन्धन’ र ‘पछुतो’को लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा शनिबार डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा लोकार्पण गरिएको हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति चर्चित कलाकार केके कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न लोकार्पण कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरू पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी., गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ सर्जक हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, वरिष्ठ सङ्गीतकार प्रदीप बमजन, वरिष्ठ समालोचकहरू प्रा. डा. गोविन्दमानसिंह कार्की, डा. शान्तिमाया गिरीलगायतले सो कृतिहरूको लोकार्पण गरिएको हो ।
कार्यक्रममा कृतिकार वेदकुमारी न्यौपानेको कथाकृति ‘अलग’को समीक्षा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, ‘बन्धन’ उपन्यास समीक्षा वरिष्ठ समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की र ‘पछुतो’ उपन्यासको समीक्षा डा. शान्तिमाया गिरीले गरेका थिए ।
कवि एवं पत्रकार यशोदा अधिकारीले सहजीकरण गरेको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी, साहित्यकारहरू गोपालप्रसाद थपलिया, पुरुषोत्तम दाहाल, शरद प्रधान, जयदेव भट्टराई, रामप्रसाद पन्त, डा. सावित्री श्रेष्ठ, प्रधुम्न जोशी, तुलसीहरि कोइराला, विजयध्वज थापा, मथुरा प्रधान, जयन्ता पोखरेल, उमेश पाण्डे, राजन न्यौपाने, जीवनाथ धमला, बालकृष्ण श्रेष्ठ पासा, लता के. सी, डा. बुनु दाहाल, उषा के. सी., तारा के. सी., प्रमोद सारङ, भुवन मास्के मुस्कान, डी. आर. राई, गोपीकृष्ण प्रसाईं, भानुप्रकाश जोशी, राज रजक, मन भुजेल, अविकेशर ओलि, केशवप्रसाद पराजुली, तुलसा पहाडी, लता चन्द, नीरा श्रेष्ठ लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कृतिकार न्यौपानेका हालसम्म दुई दर्जन जति कथा, उपन्यास, नाटक, गीत, कविता, मुक्तक लगायतका कृतिहरू प्रकाशित रहेका छन् ।