October 26, 2025, Sunday
२०८२ कार्तिक १०
1:37:26 pm

दोषी देखिए हाम्रो सुप्रिम कमाण्डरलाई जेल हाल्न सक्नुहुन्छ: स्मृति तिमिल्सिना

240

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छन् ।

जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै सरकारले छानबिन गर्नुपर्ने बताएकी हुन् ।

संयोजक तिमल्सिनाले भनिन्, संयोजक तिमल्सिनाले भनिन्, ‘हाम्रै पार्टीमा पनि भ्रष्टचार भयो । माओवादी केन्द्रमा भ्रष्टचारै छैन भन्दिनँ म, छ । र, त्यो भ्रष्टचारलाई यो सरकारले छानोस् र उनीहरुको गल्ति देखिएको खण्डमा, उनीहरू दोषी देखिएको खण्डमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तपाइहरुले जेल हाल्न सक्नुहुन्छ, यदि वहाँ दोषि निक्लिनुहुन्छ भने । रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ । रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन ।’

Advertisement

जेन—जी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरुको सम्पती छानबिन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगायका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडी सारेको छ ।