April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

संघीयता र लोकतन्त्र रक्षाका लागि संसदमा पुर्याइनुपर्छ –उपेन्द्र यादव

1.3K

बारा । जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षाका लागि आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।

उपनिर्वाचन २०८० को लागि बारा २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले चुनावी अभियान अन्तरगत महागढी नगरपालिकामा सोमबार आयोजित जनता दर्शन कार्यक्रमहरुलाई सम्बोधन गर्दैजसपा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

संघीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भईरहेकोले प्राप्त उपलव्धि रक्षा गर्न एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै यादवले भने –‘विरोधी शक्तिहरुले प्राप्त उपलव्धिलाई समेत समाप्त पार्न खोज्दैछ, त्यसैले बारा २ का जनताले परिवर्तनको पक्षमा र प्राप्तउपलब्धिहरुको रक्षाका लागि मतदान गरेर मुहतोड जवाफ दिनैपर्दछ ।’

Advertisement

परिवर्तन देख्न नचाहने कुतत्वहरूले फेरि राजा ल्याउने षडयन्त्र गरिरहेकोले संघीयतामाथि प्रहार गरेर अगाडि बढ्न दाउमा रहेको कुराआमजनताले बुझ्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व मन्त्री नेता अजय चौरासिया, जिल्ला सभापति राजेश यादव, नेता प्रमोद गुप्ता लगायतले मधेश रमधेशीको पहिचानको लडाई लड्न अझै बाँकी रहेकोले भ्रमजालमा नपरी मधेश विद्रोहका नायक उपेन्द्र यादवलाई भारी मतले जिताउन समेत आग्रह गरे ।