काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध अविश्वासको प्रस्ताव नल्याए आफुहरुकै नेतृत्वमा भएपनि अविश्वास प्रस्ताव ल्याउने तयारी थालेको छ । यस विषयमा आज हुने जसपा पदाधिकारी बैठकमा छलफल हुने भएको छ ।
काग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा काँग्रेसको नेतृत्वमा सरकार गठनको लागि सभापति देउवाले आग्रह गरेकोमा जसपाले आन्तरिक छलफल पछि मात्र निर्णय दिने बताएको थियो । भने, काँग्रेस तयार नभएको अवस्थामा जसपाकै तर्फबाट अविश्वास प्रस्ताव अघि बढाउनुपर्नेमा उपेन्द्र–बाबुराम पक्षको मत रहेदै आएको छ ।
आज बस्ने जसपा पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक बोलाउने, कार्यकारिणी समितिको बैठक तय गर्ने र नया सरकार निर्माणका लागि समान धारणा तय गर्ने लगाएत विषयमा छलफल केन्द्रित गर्ने भएको छ । यसअघि चैत ५ गते बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।