April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

जसपाको अनौपचारिक पदाधिकारी बैठक बस्दै

2.8K

काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) पदाधिकारीको अनौपचारिक बैठक दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको छ।

नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारको प्रस्ताव गरेपछि जसपा शीर्ष नेता छलफलमा जुटेका हुन। ‘पदाधिकारी साथीहरु अनौपचारिक रुपमा बस्ने भनिएको छ, हामी कांग्रेस र कम्युनिस्टको सजिलोका लागि निर्णय गरेर जाने भन्ने हुँदैन,’ वरिष्ठ नेता राजेन्द्र महतोले भने,‘हाम्रो ध्यान पुरापुर आफ्नो माग पूरा गराउनेमा केन्द्रित  छ।’

अन्य दल  सत्त समीकरण बनाउनतिर लागेकाे बताउँदै उनले सरकारभन्दा मुद्दालाई केन्द्रमा राखेर सबै पक्षसंग छलफल भइरहेको बताए।

Advertisement

उता कांग्रेस सभापति देउवाले दिउँसो २ पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस संयुक्त सरकार बनाउने गृहकार्यमा लागेपछि पदाधिकारी बैठक बोलाएको हो।