काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मिश्रसहित नेताहरू धवल शमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ लगायत रहेका छन् ।
उनीहरूलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।
राजावादी समूहबाट ठूलो धनजनको क्षति भएको छ । उनीहरू व्यक्तिको घरमा आगजनी गर्दा एभिन्युज टीभीमा कार्यरत पत्रकारको मृत्यु भएको छ।