एनआरएनए निर्वाचन विवाद: डा केसीलाई केन्द्रीय कार्यलयमा प्रवेश गर्न नदिने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा बद्री केसीलाई केन्द्रीय कार्यलयमा प्रवेश गर्न नदिने बताइएको छ । हालै काठमाडौंमा सम्पन्न संघको ११औं विश्व सम्मेलनमा नेतृत्वको लागि भएको मतदानमा धाँधली भएको आरोप लगाउदै असन्तुष्ट पक्षले कार्यलयमा आजै ताला लगाउने जनाएको हो । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई...