हङकङ । नेपाली आदिवासी जनजाति महासंघ हङ्कङ्को अध्यक्षमा टोपराज नेगी तामाङ निर्वाचित भएका छन् । आइतबार फोरएफ याउ मा तेई कम्युनीटी सेन्टरमा सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
महासंघको उपाध्यक्षमा विजय विक्रम लिम्बू निर्वाचित भएका छन् भने महासचिवमा तिलक सोमाइ मगर र सचिवमा एन्जेना शेर्पा र कोषाध्यक्षमा करुणा प्रधान निर्वाचित भएका छन् । यस्तै, सदस्यमा श्यामकुमार सुनुवार, टोप बहादुर याख्खा, पदम बहादुर गुरुङ, रबिन्द्र थापामगर, रबिन्द्र लिङ्देन र कमल दुरा निर्वाचित भएका छन् ।
निर्वाचन मण्डलका अध्यक्ष हेजेन राई थिए भने सदस्यहरू हेम लिम्बु र एमबी थापा मगर थिए ।
महासंघका पूर्व अध्यक्ष तथा कृष्ण लावतीको अध्यक्षता तथा संस्थापक महासचिव भुपेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको खुलासत्रको कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष गोकर्ण ढकाल, हङकङ नेपाली महासंघको पूर्वअध्यक्ष रहेका थिए भने प्रदीप थापा लगायत सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।
महासंघमा हाल किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, तामाङ घेदुङ, याख्खा छुम्मा, सुनुवार समाज, शेर्पा समाज, दुरा समाज, मगर संघ, तमुटो ह्युल र थकाले समाज आवद्ध छन् ।
नयाँ कार्यसमितिलाई बधाई दिँदै पूर्वअध्यक्ष लावतीले यसअघिको महासंघको हङकङमा महाबाणिज्य दुत जनजाति मुलको हुनुपर्ने माग रहेको र उक्त माग पूरा भएपछि अब नयाँ टिमले नयाँ उदेश्यका साथ अघि बढ्नुपर्ने बताए । उनले भने, “प्रत्येक अध्यक्षको आ-आफ्नो-कार्ययोजना हुन्छ, अघिल्लो कार्यकालको मुख्य उदेश्य जनजाति मूलको महाबाणिज्यदूत हङकङमा ल्याउनु थियो, अब नयाँ कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।’ हङकङमा नेपाली संस्कृतिलाई स्थानीय तहसम्म लैजानका लागि नयाँ कार्यसमितिले भूमिका खेल्न सक्नुपर्ने उनको सुझाव छ ।
दुई बर्षअघि अर्थात २२ अक्टोबरमा नेपाल भ्रमणको बेला महासंघ हङ्कङ्का तत्कालीन अध्यक्ष किसन राईको दुर्घटना मा मृत्यु भएपछि उपाध्यक्ष लावतीले महासंघ सम्हालेका थिए।
सन् १९९७ मा स्थापित नेपाली आदिवासी जनजाति महासंघ हङ्कङ् प्रवासमा रहेका नेपाली जनजातिहरूको पहिलो महासंघ हो र यो महासंघ नेपाली आदिवासी जनजाति अन्तराष्ट्रिय महासंघका सत्र सदस्यहरूमध्ये एक हो ।