नेकाठमाडौं । प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको सहयोगका लागि सरकारी कोषमा एक महिनाको तलब दिने भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले भूकम्पपीडितलाई राहत र सहयोग गर्न सहयोगीहरूलाई आग्रहसमेत गरेका छन्।
सांसद पौडेलले भूकम्पले क्षति पुर्याएका ठाउँमा उद्धारका कामलाई तीव्र बनाउन र पुनर्स्थापनाका लागि सरकारी कोषमा संघीय सांसदका रूपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने बताएका हुन् ।
भूकम्पले जनधनको क्षति पुर्याएकोमा उनले दु:ख व्यक्तसमेत गरेका छन्।
गत शुक्रबार मध्यराति जाजरकोट केन्द्र भई गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ५७ जनाको पुगिसकेको छ भने करिब २ सय जना घाइते छन्।