April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

जन्मदिनको अवसरमा विपन्न परिवारका सदस्यलाई खाद्यान्न

२०८० कार्तिक २०

1.2K

बिर्तामोड । बिर्तामोड – ४ मा बसोबास गर्दै आएका व्यवसायी वाशु दुलालले आफ्नो जन्मोत्सवको अवसर पारेर विपन्न परिवारका सदस्यलाई खाद्ययन्न सहयोग गरेका छन् । उनले आइतबार पर्न गएको आफ्नो ४५ औं जन्मोत्सवको अवसरमा स्थानीय चार परिवारलाई खाद्यान्न सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका हुन् ।

जन्मदिन अवसर पारेर होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्च कटाएर दीनदुःखीलाई सहयोग गरेर समाजमा उदाहरणीय कार्यको थालनी गरेको उनले बताए ।
उनले स्थानीय पम्फा राजवंशी, भीम सोरेन, लुखी टुडू र वड्की सोरेनको परिवारलाई एक महिनालाई पुग्ने चामल, तेल दाल प्रदान गरेका छन् ।

सोही अवसरमा कात्तिक १९ गते नै जन्मदिन पर्ने वालिका मेरी सोरेनको समेत जन्मोत्सव मनाएका हुन् । मेरीलाई केक काटेर खुवाउँदै उनले आफ्नो भन्दापनि उनको जन्मोत्सवलाई विशेष बनाएका हुन् ।

Advertisement