April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मानव बेचबिखनको शैली र स्वरुप मात्र परिवर्तन भयो, अवस्था उस्तै: चरिमाया तामाङ 

लेखनाथ सिकारू
२०८० कार्तिक २३

1.3K


काठमाडौं  । शक्ति समूहकी अध्यक्ष तथा मानव बेचबिखनविरुद्धकी अन्तर्राष्ट्रिय अभियन्ता चरिमाया तामाङले मानव बेचविखन सभ्यताकै कलंक भएको बताइन् । शक्ति समूहको आयोजना र  मुक्ति साउथ एसिया तथा एक्प्याक्ट लक्जेम्बर्गको सहयोगमा मंगलबार ललितपुरमा भएको मानव बेचबिखन न्यूनिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशालामा बोल्दै अभियन्ता तामाङले स्वरूपमा परिवर्तन भएर मानव बेचविखन भइरहेको बताएकी हुन्  ।

उनले अहिलेको परिवर्तित सन्दर्भमा पनि  मानव बेचबिखन भइरहेको बताउदै पहिले अशिक्षाको कारण बालिका र महिलाहरू बेचबिखनमा पर्ने गरेको भए पनि अहिले भने पढेलेखेका महिलासँगै पुरुषहरू समेत बेचिनको सिकार हुन  थालेको बताएकी हुन् । 

विकसित समाज सँगै मानव बेचविखनका शैली र गन्तव्य फेरिएको उनको कथन थियो । तामाङले अहिले पनि रोजगारी लगायतका नाममा मानव बेचबिखन भइरहेको र पहिलेको भन्दा यसको स्वरूपमा परिवर्तन आएको भन्दै सामाजिक संजालको बढ्दो प्रयोगले पनि बेचबिखन रोकथाममा चुनौती थपेको बताइन्  ।

Advertisement

बेचिएका सय जनाको उद्धार हुँदा १० जना मात्र नेपाल फर्काउन सफल हुने गरेको उदाहरण पेश गर्दै तामाङले सहयोग केन्द्रमा होल्ड गरीएकाहरु आत्महत्या गर्ने , अको ठाउँमा पुन बेचविखनको सिकारमा पर्ने गरेको बताइन् । यस सम्बन्धमा आमसंचार मानव अधिकार र गैरसरकारी संघ संस्थाहरुको जतिको सहयोग  सरकारको नभएको भन्दै सोचे जति उद्धार र  पुनस्थापनामा समस्या भएको उनले बताइन् ।

उनले नेपाल सरकारको नितीगत अस्पष्टताका कारण मानव बेचविखन र न्यूनिकरणमा समस्या भएको बताइन् । 
आफूहरु बेचबिखनमा परेर स्वदेश फर्किँदाको अवस्था र यो बीचको करिब ३० वर्षको अवधिमा नेपाली समाजमा केही परिवर्तन देखिएपनि मानव बेचबिखनलाई निर्मूल गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै, एकाध घटना बाहेक बेचबिखन प्रभावितलाई पुनर्स्थापित गर्न नेपाली मिडियाले खेलेको भूमिका प्रशंसायोग्य रहेको तामाङको भनाई थियो ।

कार्यक्रममा मुक्ति साउथ एशियाको तर्फबाट उर्मिला श्रेष्ठले नेपालमा मानव बेचिबिखनको पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिइन् । अहिले पनि गरीबी र पारिवारिक विखण्डनका कारण बेचबिखन हुनेका संख्या आधा भन्दा बढी रहेको तथ्यांक प्रस्तुत गर्दै उनले मानव बेचबिखनलाई निर्मूल गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताइन् । 

नेपाल भारत र बंगलादेश मानव बेचबिखनको स्रोत देश गन्तव्यको रुपमा रहेको भन्दै यी तिनै वटा देशमा संयुक्त अभियान सञ्चालन गरेको उनले बताइन् । 

कार्यक्रममा देशभरबाट दुई दर्जन बढि पत्रकारहरूको सहभागिता थियो ।