विराटनगर । २००७ को क्रन्तिकारी योद्धा, जननायक रामप्रसाद राईको विराटनगर बाँसबारीमा निर्माण गरिएको शालिकलाई प्रतिष्ठानको अध्यक्ष तारादेवी राई र महासचिव देवान राईले फुल चढाई सम्झना गरेका छन् । अध्यक्ष तारादेवी संविधान सभाका सदस्य पनि हुन् ।
नितान्त जनस्तरबाट रकम संकलन गरी २०५१ फागुन १४ गतेका दिन सम्माननिय प्रधानमन्त्री मनमोहन अधिकारीबाट यस शालिकको शिलान्यास भई २०५२ मंसिर २४ गतेका दिन माननीय श्रममन्त्री बलबहादुर राईको हातबाट अनावरण भएको थियो ।
रामप्रसाद राईको जेठी छोरी स्व. बालकुमारी राईले शालिक रहेको जग्गा उपलब्ध गराएकी हुन् । उक्त समयमा आफ्नो बुबाको नाममा स्थापित संस्था “रामप्रसाद राई स्मृती प्रतिष्ठान”लाई बुबाले प्रजातन्त्रको लागी पुर्याउनु भएको अतुलनिय योगदानलाई कदर गरि निःशुल्क उपलब्ध गराएकी थिइन् ।