April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

कोशी प्रदेश प्रहरी प्रमुख खापुङद्वारा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम

1.1K

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।

प्रमुख खापुङले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका हुन्।

कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै खापुङले कानूनको परिधिमा रहेर कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान गरी कानुनी दायरामा ल्याउन र लागुऔध नियन्त्रणको लागि समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

Advertisement

कार्यक्रममा संचारकर्मीहरुबाट उठेका विविध जिज्ञासाहरुको बारेमा समेत प्रदेश प्रहरी प्रमुख खापुङले प्रस्ट पारेका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा कोशी प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।