January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

कोशी प्रदेश प्रहरी प्रमुख खापुङद्वारा मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण

1.4K

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक चन्द्र कुबेर खापुङले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजाराम साफीको श्रीमतीको उपचारको लागि संकलित सहयोग रकम हस्तान्तरण गरिएको हो ।

साफिको श्रीमती ४१ बर्षीया उर्मिला कुमारी रजतको दुवै मृगौला फेल भएको हुँदा निजको उपचारमा सहयोग पुगोस भन्ने हेतुले प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट संकलन भएको ९६ हजार १ सय १० आज प्रहरी प्रमुख खापुङले साफिलाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

रकम हस्तान्तरण गर्दै प्रमुख खापुङले आपसमा सरसहयोग गर्ने संकृतिको रुपमा विकास गर्नुपर्ने बताए । “भोलि जो कोही समस्यामा पर्न सकिन्छ, आपसी सरसहयोगले मनोबल विकास गर्छ । र, यो सानो रकम भए पनि यसको सही सदुपयोग होस्”, प्रमुख खापुङले बताए ।