March 14, 2025, Friday
२०८१ चैत्र १
11:41:42 am

पाथीभरामा केबलकार निर्माण गर्न नहुने अडानसहित जनप्रर्दशन

1.8K

विराटनगर । ताप्लेजुङको पाथीभरा(मुकुमलुङ) मा केबलकार निर्माण गर्न नहुने अडान राख्दै जनप्रर्दशन गरिएको छ ।

‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन’, ‘राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन’, ‘प्रकृति पूजकहरु एक होऔं’ लगायतका नारासहित सोमबार फुङ्लिङमा जनप्रर्दशन गरिएको हो ।

मुक्कुमलुङ संयुक्त संघर्ष समिति, केवलकार निर्माण खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति,किराँत धर्म तथा साहित्य उत्थान संघ,पहिचानका लागि युवा समिति,मुक्कुमलुङ फासिङ तान्सेःप् चुम्भो सहित विभिन्न संघसंस्थाहरूको संयोजनमा जनप्रर्दशन गरिएको थियो ।

Advertisement

केबलकार निर्माण गर्दा सो क्षेत्रको पर्यावरण, पुरातात्विक र जैविक विविधता नष्ट हुनुका साथै मनोरम प्राकृतिक सम्पदा विनास हुने तथा साँस्कृतिक अतिक्रमण बढ्ने केवलकार निर्माण गर्न नहुने अडान राख्नेहरूको भनाइ छ ।

पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले भने सहज वातावरण भए काम सुरु गरेको १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने बताउँदै आएको छ ।