January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

धनकुटामा स्थानीय तह- प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

1.1K

विराटनगर । धनकुटामा स्थानीय तह-प्रहरी- विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा ‘लागुऔषध दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम’ धनकुटा जिल्ला, धनकुटा नगरपालिका वडा नं.-६ सिरान बजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो ।

कक्षा ११ र १२ मा अध्यनरत ५५/६०जना विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी बरिष्ठ नायब निरीक्षक गजेन्द्र बहादुर श्रेष्ठले “लागु औषध दुर्व्यसन तथा साईबर अपराध सम्बन्धी प्रशिक्षण दिई उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ ।

Advertisement