May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

समाजमा शान्ति सुरक्षा कायम राख्न प्रदेश प्रहरी प्रमुख खापुङको निर्देशन

740

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले बुधबार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई बिपदको समयमा तत्काल परिचालन भई बिपद उद्धार तथा मानव अधिकारको संरक्षण गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न तथा सदैव उद्धार सामग्री सहित परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

उनले प्रहरी कर्मचारीहरुलाई मानव अधिकारको संरक्षण गर्दै विभिन्न किसिमका हुल दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता सम्वेदनशील, असामाजिक तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई पालना गरी स्थितिलाई सामान्य बनाउने कार्य प्रहरीको दायित्व भएकोले त्यस्तो गतिविधिमा आफ्नो बुद्धि र विवेक तथा कमाण्डरको आदेश निर्देशनको समेत अक्षरस पालना गर्न निर्देशन दिए।

Advertisement

निरीक्षण भ्रमणको क्रममा उनले विशेष सुरक्षा गण दुहबीको परिसरमा बृक्षारोपन (रुद्राक्ष) समेत गरेका थिए । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक ऋषिराम कंडेल समेतको उपस्थिति रहेको थियो ।