सङ्घीयता सिक्न सातै प्रदेशका सांसदहरू अमेरिका प्रस्थान
काठमाडौं । नेपालका सातै प्रदेशका सांसदहरू सङ्घीयता सिक्न अमेरिका गएका छन् । नेपालको सङ्घीय संरचनालाई संस्थागत गर्न तथा प्रदेश संरचनालाई मजबुत बनाउने उद्देश्यले हरेक प्रदेशबाट १–१ जना सांसद छानेर अमेरिकन काउन्सिल्स फर इन्टरनेशनल एजुकेशनले अमेरिका लगिएको हो । भ्रमणमा बागमती प्रदेशबाट अमनकुमार मास्के, कोसी प्रदेशबाट बाबुराम गौतम, गण्डकी प्रदेशबाट सरस्वती गुरुङ, कर्णालीकी सन्तोषी शाही, सुदूरपश्चिम...