March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

कटुवा पेस्तोलसहित ५१ वर्षीय पुरुष पक्राउ

805

विराटनगर । धनुषाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर रहेका छन् ।

ठाकुरले शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई  कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेको प्रहरीले जनाएको छ । सो सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा ९ इन्च लम्बाइ भएको कटुवा पेस्तोल बरामद गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Advertisement