‘दिलमाया च्यारिटी सांगीतिक साँझ’ भव्य रुपमा सम्पन्न
काठमाडौं । हङकङमा दिलमाया मेमोरियल फाण्डेसनको अक्षयकोष स्थापनार्थ ‘दिलमाया च्यारिटी सांगीतिक साँझ’ सम्पन्न भएको छ । ईष्टर होलिडे तथा नेपाली नयाँ वर्षको अवसर पारेर आइतबार जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । मौसम इम्बुङ (फुःलेन्देको बाउ)ले औपचारिक सेसनको उद्धघोषण गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खुशी तावा लिम्बुले गरेका थिए भने प्रमुख...