April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यौन दुर्व्यवहार एवम् जवरजस्ती करणी अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम

1.4K

विराटनगर । सोलुखुम्बुमा यौन दुर्व्यवहार एवम् जवरजस्ती करणी अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं.०४ स्थित दुधकुण्ड हिमालयन आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका, महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बु, अन्तर पाटी महिला संजाल सोलुखुम्बु र जिल्ला प्रहरी कार्यालयको सोलुखुम्बुको संयूक्त आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता सोलुदुधकुण्ड न.पा.वडा नं.०४ का वडा अध्यक्ष यूबास तामाङले गरेका थिए भने प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिका उप-प्रमुख गान्धीमाया तामाङ रहेकी थिइन्

Advertisement

अन्तरपाटी महिला संजाल, जिल्ला कानूनी सहयता समिति, करुणा फाउण्डेसन पालिका संयोजक, शिक्षक शिक्षिका,अध्यायनरत विद्यार्थीहरु समेतको उपस्थितिमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लागानीको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ यौन दुर्ववहार एवम् जबरजस्ती करणी अपराध रोकथाम न्यूनिकरण र यस सम्बन्धी कानूनि व्यवस्थाको सम्बन्धमा यस कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक जानुका कुमारी खड्काले सचेतनामूलक प्रस्तुतिकरण प्रस्तुत गरेकी थिइन् ।