काठमाडौं । दोलखामा भरुवा बन्दुकको छर्रा लागेर एकजना युवकको मृत्यु भएको छ । जंगलमा सिकार खेल्न गएका २० वर्षीय सन्जीव सार्कीको भरूवा बन्दुक पड्किँदा मृत्यु भएको हो ।
तामाकोशी गाउँपालिका–२, झुलेस्थित डाँडावारी जम्बोटे जंगलमा आफैँले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिएर फायर हुँदा छर्राले लागेर संजीव घाइते भएका थिए । तामाकोशी अस्पताल दोलखामा सामान्य उपचारपछि थप उपचारका लागि पशुपती चौलागाईं स्मृति अस्पताल चरिकोटमा भर्ना गरिएको उनको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सार्कीसँगै सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।




