April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

स्काई इङ्लिस स्कुलले जित्यो बराहक्षेत्र प्याब्सन फुटबल कपको उपाधी

1.4K

धरान । बराहक्षेत्र प्याब्सन फुटबल कपको उपाधी स्काई इङ्लिस स्कुलले जितेको छ । यसँगै यस स्कुलको लगातार दोस्रो जित हो ।

बुधबार प्रकाश माविको खेल मैदानमा सम्पन्न प्याब्सन खेलकुद सप्ताहको समापनमा भएको सो फुटबलको उपाधी सिद्धार्थ मेमोरियललाई १-० ले पराजित गर्दै स्काई इङ्लिस स्कुल, बराहक्षेत्र -३, नडाहाले योसङ्गै दोस्रो पल्ट उपाधी चुमेको हो । खेलमा निर्णायक गोल स्काइका जर्सी नम्बर-१० का बादल राइले गरे । व्यक्तिगत विधा तर्फपनि स्काइ नै अब्बल रह्यो ।

म्यान अफ द म्याच, बेष्ट गोलकिप्पर, बेष्ट डिफेन्स र बेष्ट कोच, म्यान अफ द सिरिजमा प्रभुत्व जमायो भने उप विजेता बनेको सिद्धार्थ बेष्ट फर्वार्ड, बेष्ट मिडफिल्डर र सर्वाधिक गोल कर्ताको उपाधी जित्यो ।

Advertisement

विजेता स्काइले चाँदीको ट्रफीसहित रु. २० हजार, प्रमाणपत्र र मेडल हात पार्‍यो । यस्तै उपविजेता सिद्धार्थले ट्रफी, प्रमाणपत्र, मेडल र रु १५ हजारमा चित्त बुझाएको छ । यसैगरी आधारभूत तर्फको फुटबलको उपाधी सप्तकोसी विद्या मन्दिरले सुनसरी स्टार एकेडेमीलाई १-० ले नै पराजित गर्दै जितेको छ । सुनसरी स्टारले पनि नगद २० हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर भने उपविजेता बनेको सुनसरी स्टारले नगद १५ हजार , मेडल, प्रमाणपत्र, ट्रफी प्राप्त गरे ।

यता बराहक्षेत्र प्याब्सनको खेलकुद सप्ताहको पदक तालिकामा विगत वर्षहरुमा जस्तै यो वर्ष पनि सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल, बराहक्षेत्र – ५ कालाबन्जर शीर्षस्थानमा रहेको छ । उसले ४ स्वर्ण, ४ रजत र १ कास्यसहित तालिकाको शीर्षस्थानमा रहेको हो । ४ स्वर्ण, २ रजत सहित स्काई इङ्लिस स्कुल, बराहक्षेत्र -३ नडाहा दोस्रो स्थानमा रहँदा जयसप्तकोशी ३ स्वर्ण ,२ रजतसहित तेस्रो स्थान रहन सफल रह्यो ।

यसैगरी सुनसरी स्टार २ स्वर्ण ,२ रजत र १ काष्य, राजाबास इङलिस स्कुल २ स्वर्ण ,१ रजत र ४ काष्य, बराह राइजिङ २ स्वर्ण ,१ रजत र १ काष्य, डिभाइन लाइट १ स्वर्ण ,१ रजत र १ काष्य, सप्तकोसी बिद्या मन्दिर १ स्वर्ण र १ रजत, अक्स्फोर्ड १ स्वर्ण पदक, माउन्ट भिउ ३ रजत र ३ काष्य, जीवन ज्योति १ रजत र १ काष्य, पिसफुल १ रजत र १ काष्य, चिल्ड्रेन हार्ट १ रजत र मून बिम ५ काष्य पदक प्राप्त गर्न सफल भएका थिए ।

मङ्सिर १० गतेबाट मङ्सिर १९ गतेसम्म सन्चालन भएको सो सप्ताहको समापन समारोहमा विजेता खेलाडीहरुलाई प्रमुख अतिथि, समाजका प्रतिष्ठित व्यक्तित्वहरुले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि सुनसरी प्याब्सनका अध्यक्ष अनुप योन्जन तामाङले बराहक्षेत्र प्याब्सनको खेलकुदप्रति देखाएको मोह र निरन्तरताले आफू हदै प्रभावित हुँदै गएको र यस्ता खेलकुदका कार्यक्रमले विद्यार्थीमा रहेका खेल कौशलले फुल्ने र फल्ने मौका पाउने बताए साथै उनले खेलकुदले मनोरन्जनसङ्गै गाउँ समाज र राष्ट्रको प्रतिष्ठा बढाउने समेत बताए ।

बराहक्षेत्र प्याब्सनका सचिव खेम राईले सन्चालन गरेको सो कार्यक्रममा सभाध्यक्ष प्याब्सन बराहक्षेत्रका उपाध्यक्ष भेषराज न्यौपाने रहेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य प्याब्सन बराहक्षेत्रका शरण कुमार लिम्बुले राखेका थिए ।