विराटनगर । झापामा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । शनिबार १ बजे कनकाई नगरपालिका वडा नम्वर ९ स्थित ज्येष्ठ नागरीक चौतारीमा कार्यक्रम सम्पन्न भएको हो ।
इलाका प्रहरी कार्यालय घैलाडुव्बाको आयोजनामा ‘लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिक, महिला समूह, विभिन्न भजन कृतन मण्डली, ॐ शान्ति सेवाकेन्द्र घैलाडुब्बा, स्थानिय र प्रहरी समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रनानि निराजन कटुवालले ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लागानीको ऐक्यवद्धता’ भन्ने मुल नाराका बारेमा जानकारी गराउनुका साथै लैङ्गिक हिंसा, हिंसाको बर्तमान अवस्था, हिंसा हुने कारण, रोकथाम, नियन्त्रण तथा कानुनी उपचार सम्बन्धमा प्रशिक्षण गरेका थिए ।





