विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका- ४ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
शुक्रबार राति साढे १० बजे पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको को. २० प ५८५४ नम्बरको मोटरसाईकल अचानक ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा- ७ का २५ बर्षीय भुपाल मगर, सोही मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय भिम बहादुर मगर र २८ बर्षीय बिक्रम माझीलाई उपचारको लागि घोपा धरान पठाईएकोमा उपचारको क्रममा बिक्रम माझीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।