पाँचथर । १५ औं राष्ट्रपति रनिङ शिल्ड तथा छैटौं याङ्वरक गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । याङ्वरक गाउँपालिका वडा नम्बर ६ स्थित श्री गणेश माध्यमिक विद्यालयको खेल मैदानमा मंसिर १५, १६ र १७ गते ३ दिनसम्म विभिन्न किसिमका खेलहरू सञ्चालन भएका हुन् ।
विद्यार्थीहरुको खेलकुद विकासमा टेवा पुर्याउने सहनशील, लगनशील, जेहेन्दार र नैतिकवान बनाउने उद्देश्यका साथ पढाई बाहेकका अतिरिक्त क्रियाकलापमा यस्ता खेलकुदले थप टेवा पुर्याउने भएकोले प्रत्येक वर्ष प्रत्येक जिल्ली-जिल्लामा यस किसिमका खेलकुदका कार्यक्रमहरू गर्ने गरिएको छ ।
१५ औं राष्ट्रपति रनिङ शिल्ड तथा छैटौँ याङ्वरक गाउँपालिका विद्यालय स्तरिय खेलकुद प्रतियोगिता २०८० को नयाँ संस्करण भएको जनाइएको छ । गत वर्ष ३ पटक जितेर श्री थर्पु माध्यमिक विद्यालयले उक्त शिल्ड पच गरेको थियो । यस वर्ष थप अन्य खेलहरू थप गरिएको छ । विभिन्न विधामा खेलहरू खेलाईने गरिएको विद्यालय स्रोतले जनाएको छ ।
खेलमा याङ्वरक गाउँपालिका भित्रका आधारभूत विद्यालय र माध्यमिक विद्यालय गरी ११ वटा विद्यालयले भाग लिएका थिए । जसमा ४ गोल्ड मेडल ५ सिल्भर मेडल हात पारेर श्री गुप्तेश्वर माध्यमिक विद्यालय ओयाम तेस्रो भएको छ, १४ गोल्ड १३ शिल्भर मेडल जित हात पार्दै श्री थर्पु माध्यमिक विद्यालयले दोस्रो स्थानमा चित्त बुझाएको छ भने २५ गोल्ड मेडल १३ सिल्भर मेडल लिदै श्री गणेश माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ । यस प्रतियोगितामा २० गोल्ड मेडल ४५ सिल्भर मेडल र ३५ ग्रोन्च मेडल सहित नगद, प्रमाणपत्र, कप र शिल्डको पुरस्कार रहेको गाउपालिका कार्यालयले जनाएको छ ।
१५औं राष्ट्रपति रनिङ शिल्ड तथा छैटौं याङ्वरक गाउँपालिका विद्यालय स्तरिय खेलकुद प्रतियोगिता २०८० मंसिर १५ गते पुर्व भौतिक तथा यातायात मन्त्री तथा संसद माननीय वसन्त कुमार नेम्वाङले उद्घाटन गरेका थिए । भने आगामी संस्करण २०८१ को लागि श्री बिष्णु माध्यमिक विद्यालय च्याङ्थापुले सञ्चालन गर्ने विद्यालय स्रोतले जनाएको छ ।