March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

1.3K

काठमाडौं । बागमती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा बहुमतले स्वीकृत भएको हो ।

११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत पाए । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मत दिएका छन् ।

प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

Advertisement

२३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले आज तेस्रोपटक विश्वासको मत लिएका हुन् ।