April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

मन्त्री जवेगूद्वारा लुदिन फालोट खण्ड सडक शिलान्यास

1.3K

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल जवेगूले सडक निर्माणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताएका छन्। फिदिम फालोट सडकको लुदीन फालोट खण्ड कालोपत्रेको आज शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।

सडक निर्माणका कार्यमा स्थानीयले अवरोध तथा विरोध गर्न नहुने समेत उनले बताए । यस सडक कालोपत्रेसँगै पाँचथरको समृद्धी र विकासमा यस सडकको भूमिका महत्वपूर्ण टेवा पुग्ने उनले बताए ।

उनले यस सडकको कालोपत्रेसँगै फालेलुङ तथा पाँचथरबासीको जनजीविकामा समेत प्रत्यक्ष फाइदा पुग्ने बताए ।

Advertisement

फालेलुङका विभिन्न क्षेत्रबाट कृषि उपजदेखि अन्य सहजताका लागि सडक सञ्जाल अति आवश्यक रहेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री जवेगूले मापदण्ड अनुसार गुणस्तरीय सडक निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिएका छन्।

फरक प्रसंगमा बोल्दै उनले आफू सरकारमा रहँदा वा नरहँदा पनि जनताका सरोकारका विषयमा निरन्तर लागि रहने पनि बताए । कार्यक्रममा भौतिक विकास मन्त्री कार्कीले सडक निर्माण कार्य उल्लिखित समय भित्र सम्पन्न गर्न आग्रह गरे ।सडक कालोपत्रे योजना ग्रामीण सडक संजाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई विराटनगर मार्फल संचालन हुनेछ ।

भ्याटसहित रु. २७ करोड २५ लाख ९३ हजार तीन सय सट्चालीस रुपैँया ५४ पैसामा रौताहा एपेक्स जेभीले २०८२ चैत्र १८ गते सम्पन्न गर्ने गरी सडक निर्माणको सम्झौता गरेको छ। फालेलुङ ५ बाँसबोटे देखि मदनचोक सम्म ११ किलोमिटर सडक कालोपत्रेका लागि कोशी प्रदेश सरकारको १२.५ प्रतिशत र एसीयाली विकास बैंकको ८२.५ प्रतिशत लगानी साझेदारीमा सम्झौता भएको हो ।