November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

महिलाहरुले नेतृत्व र नीतिगत निर्णयमा अवसर नपाए एक तिहाइको अर्थ रहँदैन: डा. डिला संग्रौला

2.1K

जनकपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले मुलुकको हरेक संरचनामा एक तिहाइ महिलाहरुको सहभागिता प्रतिनिधित्वका लागि मात्र नभइ नेतृत्व र नीतिगत निर्णय लिनसक्ने भूमिका खोजीका लागि भएको दाबी गरेकी छन् ।

नेपाली कांग्रेस धनुषा प्रशिक्षण शाखाले शनिबार आयोजना गरेको महिला सशक्तिकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रमा बोल्दै डा. संग्रौलाले महिलाहरुलाई प्रतिनिधित्वका नाममा सहभागिता मात्र गराइनुले महिलाहरुको उत्थान नहुने बताइन ।

उनले भनिन्, ‘एक तिहाइ संविधानले दियो, पार्टीको संरचनामा एक तिहाइ छौं । तर हामी डाडुपन्यु चलाउने ठाउँमा पुगेनौं । नीति बनाउने ठाउँमा पुगेनौं । त्यसैले हामीले खोजेको एक तिहाइ पदाधिकारीसहितको अर्थपूर्ण हो । निर्णय गर्ने ठाउँका लागि हो ।’

Advertisement

एक तिहाइका नाममा महिलालाई कमजोर बनाउन खोजेको उल्लेख गर्दै उनले समानुपातिकमार्फत एकतिहाइ पुर्याउने तर प्रत्यक्षमा चुनाव लडनका लागि टिकट नदिएर महिलाहरुमाथि अन्याय भएको बताइन । उनले भनिन,‘महिलाहरुलाई स्थानीय तहमा उपमेयर र उपाध्यक्षमा टिकट दिने तर अध्यक्षमा नदिएर लैगिंक विभेद भएको छ । महिलाहरुको क्षमता र योग्यताको अपमान भएको छ । त्यसैले अब महिलाहरु एक तिहाइका नाममा खुम्चिनु हुँदैन ।’