June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुद्वारा आगजानी

सूजता लिम्बु
२०८१ जेष्ठ २७

420

विराटनगर । कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजानी गरेका छन्। आइतबार महेन्द्रमोरङ क्याम्पसको गेट अगाडि विद्यार्थीको केही समूहले गाडी आगजानी गरेका हुन्।

गाडी रोकेर केही एक समूहले गाडीमा ढुंगामुडा गरेर र केही समयपछि गाडीमा आगजानी गरेका हुन्।

पछिल्लो समय रंगेली नगरपालिकामा तोडफोड गरेको र नगर प्रहरीमाथि आक्रमण गरेको अभियागमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेर अभद्र व्यवाहारको मुद्दा चलाएको छ। सोही घटनालाई लिएर विद्यार्थीहरु आन्दोलित छन्। रंगेली नगरपालिकाको घटना विहिवार भएको विद्यार्थीहरुलाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेका हुन्।

Advertisement

निजी विद्यालयहरुले मनपरी शुल्क असुलेको विषयमा नगरपालिकाले चासो नदिएको भन्दै नगरपालिका पुगेका विद्यार्थीहरुले तँहा तोडफोड गरेको प्रहरीको भनाइ छ।

प्रकाउ पर्नेमा रंगेली ६ का २३ वर्षीय राहुल यादव, रुकम यादव, रंगेली ७ का १९ वर्षीय विवेक झा, र रंगेली २ का मिलन मिश्रलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका विद्यार्थीहरुको रिहाइको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले सरकारी गाडी आगजनी गरेका हुन्। कुन विद्यार्थी संगठनले आगजानी गरेका हुन् भन्ने यकिन नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।