January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

मन्त्रीको लोभमा केही मान्छे पार्टीबाट अलग भए: उपेन्द्र यादव

1.2K

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नफुटेको दाबी गरेका छन् । शनिबार पार्टीको महाधिवेशन तयारीबारे जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले केही मान्छेले मन्त्री र पैसाको लोभमा पार्टी छोडेको आरोप लगाएका हुन् ।

प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, ‘पार्टी फुटेको होइन, केही अवसरवादीहरू सत्ता र पैसाको लोभमा पार्टीबाट अलग भएका हुन् ।’ उनले ९९ प्रतिशत क्रियाशील सदस्य र दुईतिहाइ कार्यकारिणी समिति सदस्य आफूहरूसँगै रहेको बताए ।

उनले जसपा नेपाल र जसपा नेपालबाट चोइटिएकाको समेत सहभागिता बिना कुनै पनि सत्ता र शक्तिको निर्माण नभएको जिकिर गरे ।

Advertisement

लोकतान्त्रिक र समाजवादी शक्तिहरुसँग मिलेर अगाडि बढेको जानकारी दिँदै यादवले भने –‘डायमण्डलाई जति सानो टुक्रा पारे पनि त्यो डायमण्ड नै हुन्छ । चुम्बकलाई सानो टुक्रा पारे पनि त्यसको कण मात्रै पनि चुम्बक नै हुन्छ ।’
उनले एकताको महाधिवेशनसँगै जसपा नेपाल अझ सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

जनकपुरधाममा २८–३० जेठसम्म आयोजना हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए । इादवका अनुसार महाधिवेशनको उद्घाटन समारोहमा भारतीय राष्ट्रिय कांग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजबैजान समाजवादी पार्टी, स्पेन, चीन, इन्डोनेसियालगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी हुनेछन् ।