प्रदेश सरकार र पहिचानवादीले तिरस्कार गरेको भाषिक मुद्दा
नेपालमा २ सय ४० बर्षे एकल खस भाषा नीति भएको राज्य सत्ताबाट जातीय–भाषिक एकाधिकारवादी व्यवहारका कारण नेपालका मातृभाषीहरूका लागि पीडा र यातनाको कालखण्ड बन्यो । कतिपय सानासाना समूहमा रहेका भाषाहरू लोप भए । धेरैजसो मातृभाषाहरू लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपाल अधिराज्यको संविधान–२०४७ मा ‘नेपाल अधिराज्य भित्र बोलिने सबै मातृभाषाहरू नेपालका राष्ट्रिय भाषाहरू हुन’ उल्लेख थियो ।...