November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राजावादी समूहले आज प्रदर्शन नगर्ने

780

काठमाडौं । राजावादी समूहले आज प्रदर्शन नगर्ने भएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

आज राजपरिवारका सदस्यहरूको हृदयविदारक देहावसान भएको सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु केही नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवङ्गत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम गरिने समितिको भनाइ छ ।

Advertisement