November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जसपा कर्णाली अध्यक्षसहितका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश

555

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

परित्याग गरी माओवादी प्रवेश गरेका उनीहरुलाई खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

सो क्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गरे । उनले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको पनि विश्वास दिलाए ।

Advertisement