March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

माओवादी केन्द्र र नेसपाबीच आज एकता हुँदै

1.2K

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदै छ । गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपाले माओवादीसँग पार्टी एकता गर्न लागेको हो ।

पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने श्रेष्ठले जानकारी दिए।

गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । त्यतिबेलै दुई दलबीच पार्टी एकताको सहमति भएपनि यादव एकताका लागि पछि हटेका छन् । अध्यक्ष यादव पछि हटेपछि पार्टीका सहअध्यक्ष श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन् ।

Advertisement

पार्टी एकताका लागि २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।

पार्टी एकता घोषणा कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।