November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण गरिनुपर्छ : गगन थापा

850

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दामा कुनै टिप्पणी नगर्ने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब अदालतको विषय भएकाले यसबारे टिप्पणी नगर्ने बताएका हुन् ।

महामन्त्री थापाले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्ने पनि बताए ।

Advertisement