November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गृहमन्त्रीको राजीनामा आवश्यक छैन : सरकारका प्रवक्ता गुरुङ

760

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।

गुरुङले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने भन्दै दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने पनि बताए ।

Advertisement

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि संसद बैठक प्रभावित भएको छ । मंगलबारदेखि बजेटमाथि छलफल हुने कार्यसूची भएपनि आजसम्म बैठक बस्न सकेको छैन ।